मोरङ-५ बाट योगेन्द्र मण्डल विजयी
मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका छन् । उनले २१ हजार ८२० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४८६ मत ल्याएका छन् । यस्तै तेस्रो स्थानमा जनता समाजवादी पार्टीका राजकुमार यादवले १७ हजार ३९० मत ल्याएका छन् ।
२५ वर्ष लघुवित्त क्षेत्रमा काम गरेका योगेन्द्र मण्डल पहिलोपटक राजनीतिक परीक्षा दिएर पास भएका छन् । पछिल्लो पाँच वर्षयता नेकपा एमालेबाट मोरङ क्षेत्र नम्बर–५ मा केन्द्रित राजनीति गरेका ५१ वर्षीय मण्डलले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । २५ वर्षअघि उनले स्थापना गरेको जीवन विकास संस्था नेपालमा स्थापित लघुवित्त हो ।
२०५४ सालमा मण्डलले जीवन विकास समाज सुरु गरेका थिए । संस्था सुरु गर्नुअघि उनले दुई वर्ष गाउँमा निःशुल्क ट्युसन पढाए । तत्कालीन अमाही वरियाती गाविस (हाल धनपालथान गाउँपालिका २) मा २०५२ देखि २०५४ सालसम्म निःशुल्क ट्युसन पढाएका कारण उनलाई स्थानीयले ‘जोगी सर’को उपनाम दिएका छन् । उनै मण्डलले पार्टीले टिकट नदिए पनि स्वतन्त्र उम्मेदवार बनेर राजनीतिक पार्टीका स्थापित नेतालाई पराजित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का