अपराध

बसुन्धारा लुटपाट : आफन्तबाटै लुटियो ५५० तोला सुन र २५ लाख नगद !

३८ तोलाको सुनको गिलास बरामद

person explore access_timeमंसिर ८, २०७९ chat_bubble_outline0

काठमाडौं महानगरपाालिका–३ बसुन्धारास्थित नन्दा मल्लको घरमा कात्तिक २८ मा लुटपाट भयो । सो लुटमा संलग्न आरोपमा प्रहरीले १० जनालाई पक्रेर बिहीबार सार्वजनिक गरेको छ । दरबारमा सुसारे काम गरेकी नन्दाको घरबाट ५५० तोला सुन र २५ लाख नगद लुटपाट भएको पीडित पक्षले दाबी गरेका छन् ।


नन्दासहित र त्यसदिन घरमा रहेका ५ जना महिलाले बताएअनुसार ५५० तोला सुन र २५ लाख नगद लुटपाट भएको छ । करिब ६ करोड मूल्य बराबरको सो लुटमा आफन्तनै संलग्न रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।



सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ घर भएर सुन्धारा बस्ने १९ वर्षीया कविता बुढाको लुटमा मुख्य भूमिका देखिएको छ । नन्दा मल्लकी भदैनी बुहारी हुन् कविता । फुपुकहाँ बेला–बेला गइरहने कविताले कात्तिक २७ मा आमाजु दिपिका मल्ल र दिपिकाका श्रीमान कुर्मबहादुर मल्ललाई लिएर गएकी थिइन् । दिपिका र कुर्मले त्यसदिन घरबाहिर फोटो र भिडियो खिचेर फर्केका थिए ।



सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ घर भएर भोटेबहाल बस्ने कुर्मले त्यहाँबाट फर्केपछि कालिकोटको महावै–२ घर भएर भक्तपर बस्ने २७ वर्षीय पवन भन्ने पञ्चबहादुर सिंहसँग मिलेर लुट्ने योजना बनाएको काठमाडौंका एसएसपी भरत बहादुर बोहराले रातोपाटीलाई बताए ।

बसुन्धाराबाट लुटेको सुनको गिलास प्रहरीले पवनको कोठाबाट बरामद गरेको छ । ‘आरोपीको डेराबाट साढे ३८ तोलाको सुनको गिलास बरामद गरेका छौं’  एसएसपी बोहोराले भने–‘चोरी तथाा डाँकासम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर १० जना आरोपीमाथि अनुसन्धान गरिरहेका छौं ।’

लुटेको सुनको तिलहरी, सुनको नौगेडी २ थान र हिराको हार ३ थान प्रहरीले बरामद गरेको छ । लुटमा संलग्नहरु जुम्ला घर भएका विशाल शाही, कालिकोट घर भएका २४ वर्षीय तिलकबहादुर शाही, रामेछापको दोरम्बा घर भएका २४ वर्षीय सुवर्ण मगर, कालिकोट खाडाचक्र घर भएका धनबहादुर शाही, कालिकोट महावैका पर्वराज सिंह, कालिकोट तिलागुफाका गंगाबहादुर शाही र कालिकोटकै नेत्रबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

घरधनीकी भदैनी बुहारी कविता, कालिकोट घर भएर भक्तपुर बस्ने २७ वर्षीय पञ्चबहादुर सिंह उर्फ पवन र २१ वर्षीया दिपिका मल्ल शाहीलाई पनि प्रहरीले पक्राउ गरेको छ । लुटमा संलग्न दिपिकाका श्रीमान कुर्मबहादुर शाही फरार छन् ।
सुवर्ण मगर पठाओ राइडर हुन् । सुवर्णले लुट्न जाँदा नेत्रबहादुर शाही र लुटेर फर्किंदा पञ्चबहादुर सिंहलाई आफ्नो मोटरसाइकलमा चढाएर छाडेका थिए ।

भदैनी बुहारीले गरिन् ‘रेकी’

लुट्ने दिन दिउँसो सो घरमा गएकी कविताले साँझ आमाजु सहितका लुटेरालाई आउन भनेकी थिइन् । ‘खाना खाने बेला भयो, अब आउँदा हुन्छ भनेर कविताले भित्रबाट म्यासेज गरेको देखिन्छ’ प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अंगुर जिसी भन्छन्– ‘त्यसपछि लुटेराहरु सो घरमा गएका हुन् ।’

ठूलो पर्खाल र सुरक्षा कवच सहितको गेट बाहिर पुगेर लुटेराले घण्टी बजाए । घरधनीको गाडी चालकले गेटभित्रबाट सोधखोज गर्दै थिए । त्यस्तोमा कविताले काम गर्ने अर्की महिलालाई गेट खोलिदिन इसारा गरिन् । गेट खुलेपछि लुटेरा भित्र छिरे । खाना खाँदै गरेका महिलाहरूलाई मुखमा टेपले बाँधे, मोबाइल खोसेर भान्सा कोठामा बन्धक बनाए । नन्दालाई ह्यामरले हिर्काए, चक्कुले घोपेर सेफको साँचो दिन बाध्य बनाए । साँझ साढे ६ मा घरमा प्रवेश गरेका उनीहरू लुटेर करिब ९ बजेतिर निस्किएका हुन् ।फोटो : कृष्ण खड्का

 


 

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।