बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धादिङ १ 'ख' बाट सालिकराम जमरकट्टेल विजयी

बिहीबार, ०८ मङ्सिर २०७९, १८ : ३२
बिहीबार, ०८ मङ्सिर २०७९

धादिङ क्षेत्र नम्बर १ प्रदेश सभा २ बाट नेकपा माओवादी केन्द्रका नेता सालिकराम जमरकट्टेल निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार जमरट्टेलले एमालेका गजेन्द्रप्रसाद थपलियालाई पराजित गरेका हुन् । 

जमरकट्टेलले १९ हजार ९०३ मत ल्याएर विजयी भए भने एमालेका थपलियाले १२ हजार ४७८ मत ल्याएर पराजित भएका हुन् । यस्तै क्षेत्र नम्बर १ 'क'बाट कांग्रेसका मधुकुमार श्रेष्ठले एमालेका रमेशकुमार आचार्यलाई पराजित गरेका छन् । श्रेष्ठले १७ हजार ८३२ मत ल्याएर विजयी भएका छन् भने एमालेका आचार्यले १६ हजार ५३८ मत ल्याएर पराजित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप