राजनीति

रौतहटसँगै मुलुकको विकास र सम्बृद्धि हासिल गर्न प्रतिबद्ध हुने छु : अध्यक्ष नेपाल

person explore access_timeमंसिर ८, २०७९ chat_bubble_outline0

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटसँगै सिंगो मुलुकको सुशासन, विकास र सम्बृद्धि हासिल गर्न प्रतिबद्ध हुने बताएका छन् । रौतहट क्षेत्र नम्बर १ बाट  निर्वाचित भएलगतै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेपालले विजयी गराउने मतदातालाई धन्यवाद दिएका छन् । 


‘रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा मलाई अत्यधिक मतका साथ विजयी गराउनुभएकोमा सम्पूर्ण मतदाताहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु’ नेपालले लेखेका छन्, ‘रौतहटसँगै सिंगो मुलुकमा सुशासन, विकास र सम्बृद्धि हासिल गर्ने हाम्रो प्रतिबद्धता पुरा गर्न म निरन्तर क्रियाशील हुनेछु ।’ आफूलाई चुनावमा सहयोग गर्ने शुभेच्छुक नेता कार्यकर्ता सबैमा नेपालले धन्यवाद दिएका छन् ।



 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।