शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा सप्तरीका इन्चार्जले दिए पदबाट राजीनामा

बिहीबार, ०८ मङ्सिर २०७९, १७ : ३६
बिहीबार, ०८ मङ्सिर २०७९

जनता समाजवादी पार्टी नेपालका सप्तरी जिल्ला इन्चार्ज एवम् मधेस प्रदेश समितिका सदस्य कौशलैन्द्र यादवले आफ्नो पदबाट राजीनामा दिएका छन् । मधेस प्रदेश समितिका अध्यक्षलाई सम्बोधन गरी उनले आजै राजीनामा बुझाएका छन् । 

राजीनामा पत्रमा भनिएको छ, ‘मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा लज्जास्पद हार बेहोर्नुपरेको हुनाले नैतिकताको आधारमा पार्टीले दिएको जिम्मेवारी मधेस प्रदेश सदस्य र सप्तरी जिल्लाको इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएको छु ।’

सप्तरी २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार उपेन्द्र यादव र सोही क्षेत्रको प्रदेश सभा क्षेत्र नम्बर १ मा शैलेन्द्र साहलाई जनमत पार्टीले हराएको छ । त्यस्तै, सप्तरी ३ (ख) लगायत अन्य क्षेत्रमा पनि जसपाका थुप्रै नेता हारेका छन् । सप्तरीमा जसपाको ठूलो क्षति भएको भन्दै नैतिकताको आधारमा कौशलेन्द्रले राजीनामा दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप