शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही ३ मा खाँण र बोहोराबीच कडा प्रतिस्पर्धा

बिहीबार, ०८ मङ्सिर २०७९, १७ : २७
बिहीबार, ०८ मङ्सिर २०७९

रुपन्देहीको क्षेत्र नं. ३ मा नेकपा एमाले–राप्रपा गठबन्धनका उम्मेदवार राप्रपाका नेता दीपक बोहोरा र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार वालकृष्ण खाँण बीच निकै कडा प्रतिस्पर्धा देखिएको छ ।

उनीहरूबीच बिहीबार ५० देखि ३ सय सम्मको मतान्तर भइरहेको छ । कहिले खाँण त कहिले बोहरोले अग्रता लिइरहेका छन् । बिहीबार दिउँसोसम्म झिनो मतले खाँणले झिनो अग्रता लिइरहेका थिए भने अहिले बोहोरा अघि लागेका छन् । बोहोराले २१ हजार ८ सय २२ मत प्राप्त गरेका छन् भने खाँणले २१ हजार ५ सय ९१ मत प्राप्त गरेका छन् । अहिले २ सय ३१ मतले बोहोरा अघि लागेका छन । 
अझै करिब ३० हजार मत गन्न बाँकी रहेकाले जित कसको हुन्छ भन्ने आंकलन गर्न कठिन छ । उनीहरूबीच निकै कडा प्रतिस्पर्धा चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप