बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रे–१ (क) मा माओवादी केन्द्रका ढकाल भारी मतले विजयी

बिहीबार, ०८ मङ्सिर २०७९, १७ : २३
बिहीबार, ०८ मङ्सिर २०७९

काभ्रेको प्रतिनिधिसभा क्षेत्र १ प्रदेशसभा ‘क’ को सदस्यमा नेकपा (माओवादी केन्द्र) का रत्न ढकाल विजयी भएका छन् । बिहीबार सम्पन्न मत गणनामा ४४२ को भारी मतान्तरसहित ढकाल विजय भएका हुन् । 

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री समेत रहेका ढकालले २० हजार ७२० मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिलबहादुर तामाङ (दिलिप) ले ११ हजार २७८ मत प्राप्त गरेका छन । 

त्यस्तै वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेर विजय भएका ढकाल माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । उनले विजय भएपछि सञ्चारकर्मीसँग बोल्दै अघिल्लो कार्यकालमा अपूरा रहेको काम पुरा गर्ने र जनताकै बीचमा रहेका काम गर्ने बताए ।

यसअघि ०७४ सालको निर्वाचनमा ढकाल यही निर्वाचन क्षेत्रबाट विजय भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप