मोरङ ५ : एमालेबाट बागी उठेर दुई गठबन्धनलाई पराजित गर्दै योगेन्द्र मण्डल
मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलको जित निश्चित भएको छ । यो समाचार तयार पार्दासम्म मण्डलले १९ हजार ७७४ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका राजकुमार यादवले १६ हजार १०३ मत पाएका छन् ।
यादव एमाले र जसपाको संयुक्त उम्मेदवार हुन् । यस्तै सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता शिवकुमार मण्डलले भने १५ हजार ९७७ मत ल्याएका छन् । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार अहिले उक्त निर्वाचन क्षेत्रमा पर्ने जहदा गाउँपालिकाको वडा नम्बर ७ को मतगणना भइरहेको छ । उक्त वडामा २ हजार ५ सय मत छ । सबै मत निकटतम् प्रतिस्पर्धीलाई जाँदा पनि स्वतन्त्र उम्मेदवार मण्डलको जित निश्चित भएको छ । किनकी उनको मतान्तर गणना हुन बाँकी मतभन्दा बढी ३ हजार ६७१ छ ।
को हुन् योगेन्द्र मण्डल ?
२५ वर्ष लघुवित्त क्षेत्रमा काम गरेका योगेन्द्र मण्डल पहिलोपटक राजनीतिक परीक्षा दिएर पास भएका छन् । पछिल्लो पाँच वर्षयता नेकपा एमालेबाट मोरङ क्षेत्र नम्बर–५ मा केन्द्रित राजनीति गरेका ५१ वर्षीय मण्डलले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । २५ वर्षअघि उनले स्थापना गरेको जीवन विकास संस्था नेपालमा स्थापित लघुवित्त हो ।
२०५४ सालमा मण्डलले जीवन विकास समाज सुरु गरेका थिए । संस्था सुरु गर्नुअघि उनले दुई वर्ष गाउँमा निःशुल्क ट्युसन पढाए । तत्कालीन अमाहीवरियाती गाविस (हाल धनपालथान गाउँपालिका २) मा २०५२ देखि २०५४ सालसम्म निःशुल्क ट्यसन पढाएका कारण उनलाई स्थानीयले ‘जोगी सर’को उपनाम दिएका छन् । उनै मण्डलले पार्टीले टिकट नदिए पनि स्वतन्त्र उम्मेद्वार बनेर राजनीतिक पार्टीका स्थापित नेतालाई पराजित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार