शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्मार्टफोनमा आयातमा प्रतिबन्धको प्रभाव, ५० प्रतिशतले घट्यो आयात

बिहीबार, ०८ मङ्सिर २०७९, १६ : ३४
बिहीबार, ०८ मङ्सिर २०७९

स्मार्टफोन आयातमा प्रतिबन्धको प्रभाव परेको छ । सरकारले विदेशी मुद्राको सञ्चिती जोगाउने लक्ष्यसहित ३०० डलरभन्दा माथिको स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएको छ । जसको प्रभाव ४ महिनाको अवधिमा स्मार्टफोनको आयातमा देखिएको हो ।

चालू आर्थिक वर्षको यस अवधिमा विदेशबाट १० अर्ब १० करोड ९८ लाख रूपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ । जुन गत वर्षको यही अवधिको तुलनामा ५० प्रतिशतले कम हो । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा ७२ लाख ९३ हजार वटा स्मार्टफोन भित्रिएका हुन् । यसबापत राज्यले आयाकर्ताबाट १ अर्ब ८८ करोड ६५ लाख रुपैयाँ राजश्व भित्र्याएको छ । 

गत आर्थिक वर्षको यही अवधिमा नेपालमा २० अर्ब ३५ करोड ८६ लाख रूपैयाँ बराबरको स्मार्टफोन भित्रिएको थियो । उक्त अवधिमा २६ लाख वटा स्मार्टफोन आयात भएको थियो । गत वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा स्मार्टफोनबाट सरकारले ३२ अर्ब २० करोड रूपैयाँ बराबर राजश्व संकलन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप