शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार ९२ करोडमा खुम्चियो

बिहीबार, ०८ मङ्सिर २०७९, १६ : ०७
बिहीबार, ०८ मङ्सिर २०७९

साताको अन्तिम कारोबार दिन नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । निर्वाचनपछि खुलेको बजारमा लगातार दुई दिन ७÷७ अंकले घटेकोमा तेस्रो दिन ११.५६ अंकले बढ्दै १९३३.५५ अंकमा उक्लिएको हो । 

यद्यपि, ११ अंकमाथिले बढेको बजारमा आज कारोबार रकममा भने गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका यस दिन ९२ करोड ५१ लाख ७४ हजार रुपैयाँ बराबरको २५ लाख ६९ हजार कित्ता सेयर कारोबार भएको छ । अघिल्लो दिन ७ अंकले नेप्से घटेको बजारमा १ अर्ब २ करोड माथिको कारोबार भएको थियो । 

आज निर्जीवन बीमा समूह बाहेक १२ वटा समूहको उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी ट्रेडिङ समूहको उपसूचक १.२७ प्रतिशतले बढेको छ भने आज निजीवन बीमा समूहको उपसूचक ०.०४ प्रतिशतले घट्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप