बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लिबियाली युद्धप्रति राष्ट्रसंघीय चासो

बिहीबार, ०८ मङ्सिर २०७९, १५ : ५८
बिहीबार, ०८ मङ्सिर २०७९

लिबियामा युद्धका क्रममा बाँकी रहेका विस्फोटक पदार्थप्रति संयुक्त राष्ट्रसङ्घीय निकायहरूले चासो व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय बालकोष, युनिसेफ र संयुक्त राष्ट्रसङ्घीय माइन एक्सन सर्भिस्, युएनएमएसले यस विषयमा चासो व्यक्त गरेका हुन् ।

युद्धका क्रममा बाँकी रहेका विस्फोटक पदार्थहरूबाट यहाँका बालबालिकाको ज्यान जाने क्रम बढ्दै गएको प्रति यी संस्थाले सो चासो व्यक्त गरेका अधिकारीहरूले जानकारी दिएका छन् ।

यसहप्ता अर्का एकजना बालकले पनि यहाँ बेवारिसे अवस्थामा फालिएको ग्रिनेड खेलाउने क्रममा ज्यान गुमाउनु परेको भन्दै ती संयुक्त राष्ट्रसङ्घीय संस्थाले यस विषयमा लिबियाली सरकार र यहाँका सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।

युद्धका क्रममा फालिएका यस्ता ग्रिनेट तथा अन्य विस्फोटक पदार्थहरू बालबालिकाले खेलौना भनेर खेलाउने र ती विस्फोट हुँदा उनीहरूको ज्यान जाने क्रम बढेको बताइएको छ । यसरी बेवारिसे अवस्थामा फालिएका सबै प्रकारका विस्फोटक पदार्थहरूको व्यवस्थापनका लागि संयुक्त राष्ट्रसङ्घीय निकायहरूले यहाँको सरकारको ध्यानाकर्षण गराएका छन् ।

यस विषयमा सबैलाई जानकारी दिने, नागरिकमा सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने र बेवारिसे अवस्थामा फालिएका यस्ता वस्तुहरू नछुने सुनिश्चितता नागरिकमा गराउन पनि आग्रह गरिएको समाचारमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप