शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लेफ्टिनेन्ट जनरल मुनीर पाकिस्तानको नयाँ सेना प्रमुख नियुक्त

बिहीबार, ०८ मङ्सिर २०७९, १५ : ३१
बिहीबार, ०८ मङ्सिर २०७९

लेफ्टिनेन्ट जनरल असिम मुनीर बिहीबार पाकिस्तानको नयाँ सेना प्रमुख (सीओएएस) को रूपमा नियुक्त  भएका छन् । गत हप्तादेखिको विभिन्न अनुमानका बीच आज उनको नियुक्ति भएको हो ।  

‘पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शाहबाज शरीफले संवैधानिक अधिकार प्रयोग गर्दै लेफ्टिनेन्ट जनरल साहिर शमशाद मिर्जालाई संयुक्त चिफ अफ स्टाफको अध्यक्ष र लेफ्टिनेन्ट जनरल सैयद असिम मुनीरलाई सेना प्रमुखको रूपमा नियुक्त गर्ने निर्णय गरेका छन्’ पाकिस्तानी सूचना मन्त्री मरियम औरंगजेबले ट्वीट गरेकी छन् । 

सो निर्णयको  बोधार्थ पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीलाई पठाइएको  छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप