शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

खुमबहादुर खड्का छोरा अनुराग दाङ–१ (ख) बाट निर्वाचित

बिहीबार, ०८ मङ्सिर २०७९, १४ : ५९
बिहीबार, ०८ मङ्सिर २०७९

नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काका छोरा अनुराग खड्का दाङ क्षेत्र नम्बर १ प्रदेशसभा २ बाट निर्वाचित भएका छन् । एमालेका उम्मेदवार कुलबहादुर केसीलाई ३ हजार ५२ मत अन्तरले हराउँदै खड्का निर्वाचित भएका हुन् । 

खड्काले १६ हजार २२२ मत ल्याएर विजयी भएका छन् भने एमालेका केसीले १३ हजार १७० मत ल्याएर पराजित भएका छन् । यस्तै प्रदेश सभा १ बाट माओवादीका इन्द्रजीत थारु र एमालेका गंगाराम भट्टराई प्रतिस्पर्धामा छन् । यस प्रदेशमा थारूले अग्रता लिएकाले उनी जितउन्मुख अवस्थामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप