कैलाली १(१) मा नागरिक उन्मुक्तिका चौधरी विजयी

person explore access_timeमंसिर ८, २०७९ chat_bubble_outline0

कैलाली क्षेत्र नं १ प्रदेशसभा (१) तर्फ पनि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी भएका छन् । प्रदेशसभा (१) मा चौधरी १५ हजार एक सय एक मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का दीर्घराज बिनाडीले १० हजार तीन सय ७७ मत प्राप्त गरेका छन् । 


यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका भीमबहादुर बमले चार हजार ६० मत ल्याउँदा जनता समाजवादी पार्टीका भगतराम चौधरीले दुई हजार दुई सय ७८ मत प्राप्त गरेका छन् । जसपालाई नेकपा (एमाले)को समर्थन रहेको थियो । यस क्षेत्रमा ३५ हजार एक सय ६२ मत खसेको थियो ।



 कैलाली क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टी जित नजिक पुगेको छ । निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन सहायक अधिकृत लक्ष्मी ओडका अनुसार प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार जित नजिक पुगेका हुन् ।  प्रतिनिधिसभातर्फ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ । उनले गणना हुन बाँकी मतभन्दा धेरै मतान्तरले अग्रता लिएका छन् ।
  



सहायक निर्वाचन अधिकृत ओडका अनुसार श्रेष्ठले २६ हजार एक सय ५५ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार सात सय १८ मत पाएका छन् । उनीहरुबीचको मतान्तर १० हजार चार सय ३७ रहेको छ । यस क्षेत्रमा कूल एक लाख सात हजार छ सय ७२ मतमध्ये ६४ हजार तीन सय ३२ मत खसेको थियो । त्यसमध्ये हालसम्म ५५ हजार सात सय २३ मत गणना भइसकेको छ । सहायक निर्वाचन अधिकृत ओडका अनुसार आठ हजार छ सय नौ मत गणना हुन बाँकी छ । अहिलेसम्म दुई हजार नौ सय १० मत बदर भएको छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।