मकवानपुर–१ बाट निर्वाचित राप्रपाका सिंह भन्छन्– मलाई भोट दिनेको मात्र होइन, नदिनेको पनि जय होस्
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका राप्रपाका दीपकबहादुर सिंहले आफूलाई मत दिने र नदिने सबैको जय होस् भन्ने सिद्धान्तका साथ आफू अघि बढ्ने बताएका छन् ।
निर्वाचित भएपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले मकवानपुर क्षेत्र नम्बर १ मात्र नभएर सिङ्गो जिल्लाकै विकासका लागि भूमिका निर्वाह गर्ने बताए । उनले आफ्नो पहिलो प्राथमिकता भ्रष्टाचार निर्मूल गर्नु नै रहेको जनाए ।
पक्षपात नगरी आवश्यकता अनुसार योजना पार्ने र क्षेत्रको विकास गर्नु पनि आफ्नो अर्को प्राथमिकता रहेको उनले बताए । उनले राष्ट्रियतालाई बचाउन आफूले सक्रिय भूमिका निर्वाह गर्ने प्रस्ट पारे । आफ्नो शरीरमा एक थोपा रगत रहेसम्म पनि राष्ट्रका लागि समर्पित रहने भन्दै उनले राष्ट्रमाथि गद्दारी हुन नदिने प्रतिवद्धतासमेत जनाए ।
आफू नियम, कानुन बनाउने ठाउँमा जान लागेको भन्दै उनले देशको नीति निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । उनले मकवानपुरबाट पटक–पटक जितेका जनप्रतिनिधिहरूले जिल्लाका दुर्गम भेगलाई बेवास्ता गरेको उल्लेख गर्दै आफूले समग्र जिल्लाकै विकासका लागि भूमिका निर्वाह गर्ने प्रस्ट पारे ।
आफ्नो पार्टी राप्रपाले नेपाली कांग्रेसका नेता वीपीको मार्गदर्शन बोकेको जिकिर गर्दै उनले वीपीको मेलमिलापको नीति कांग्रेसले छोडे पनि राप्रपाले आत्मसात गरेको प्रस्ट पारे । उनले आफ्नो निर्वाचन क्षेत्रमा दुईवटा गठबन्धनलाई पराजित गर्न आफूले जिल्लावासी तथा मतदातासँग गठबन्धन गरेको प्रस्ट पारे ।
‘उहाँहरूको गठबन्धन स्वार्थ र सत्ता हत्याउन मात्र थियो, मेरो गठबन्धन मकवानपुरका जनतासँग मन र मुटुको पवित्र गठबन्धन थियो,’ उनले भने, ‘जिल्लाको विकास, राष्ट्रको हितका लागि जनतासँग मेरो मन र मुटु मिल्यो ।’ आफ्नो लागि कांग्रेस, राप्रपा, माओवादी वा कुनै पनि पार्टीमा नभएकाहरु पनि समान रहेको उल्लेख गर्दै सिंहले आफू सबैको ‘माननीय’ बन्न चाहेको प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र विवाद : प्रधान न्यायाधीशसहितको पूर्ण इजलासमा सुनुवाइ हुँदै
-
काठमाडौँमा बलात्कार गरेर फरार युवक सिन्धुलीबाट पक्राउ
-
अस्ट्रेलियामा सातौँ तलाबाट खसेर नेपाली नर्सको मृत्यु
-
आर्मीसँग ७६ रनले पछि परे पनि बागमतीद्वारा पाली समाप्तिको घोषणा
-
लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव पोखरेल पक्राउ
-
कोशी प्रदेश लगानी सम्मेलन सर्यो, आगामी वैशाख १८ र १९ गते हुने