बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्लेयर टू वाच : सन ह्युङमिन, दक्षिण कोरिया

बिहीबार, ०८ मङ्सिर २०७९, १४ : २९
बिहीबार, ०८ मङ्सिर २०७९

पोजिसन : फरवार्ड
उमेर : ३० वर्ष

प्रिमियर लिग क्लबका टोटनहम हटस्पर्सका स्टार खेलाडी सनले विश्वकपमा हालसम्म ३ गोल गरिसकेका छन् । कतारमा उनले एक गोल थपे उनी पार्क जीसुङ र अहन जुङवानलाई उछिन्दै दक्षिण कोरियाका लागि प्रतियोगितामा सर्वाधिक गोलकर्ता बन्नेछन् । दुई गोल थप गरे उनी जापानका केइसुके होन्डालाई उछिन्दै प्रतियोगितामा एसियाबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

तर प्रिमियर लिगका गोल्डन बुट विजेता खेलाडीका लागि पनि विश्वकप निकै कठिन परिक्षा हुने गर्दछ । रुसमा आयोजित विश्वकपमा दोस्रो खेलमा मेक्सिकोसँग २–१ गोलले पराजित भएपछि सनले भनेका थिए, ‘मलाई विश्वकपसँग अझै डर लाग्छ । तपाईं आफूलाई जति तयार रहेको ठाने पनि त्यो विश्वकपका लागि पर्याप्त हुँदैन । मलाई हामीसँग अनुभवको कमी भएको महसुस गरेको छु र चार वर्षपछि आगामी विश्वकपमा पनि त्यही गल्ती दोहोर्याउने हो कि भन्ने डर लागिरहेको छ ।’

उनको यो स्वीकारोक्तिको चार वर्षपछि सन विश्वकपमा एक ‘कम्प्लिट प्लेयर’ र अनुभवी ‘लिडर’ का रुपमा आउँदैछन् । सन् २०१८ मा जर्मनीविरुद्धको त्यो चर्चित खेल यता उनले टोलीमा कप्तानको जिम्मेवारी सम्हाली रहेका छन् भने उनले टोटनहमलाई यूईएफए च्याम्पियन्स लिगको फाइनलसम्म डोर्‍याउनुका साथै प्रिमियर लिगमा गोल्डन बुट पनि जितिसकेका छन् । 

दक्षिण कोरियाका लागि १०४ खेलमा उनले ३५ गोल गरिसकेका छन् । सनको नेतृत्वमा कोरियाले यस विश्वकपमा नयाँ इतिहास रच्ने लक्ष्य लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप