मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तु ३ को (१) मा एमालेका अर्जुन केसी विजयी

बिहीबार, ०८ मङ्सिर २०७९, १४ : १६
बिहीबार, ०८ मङ्सिर २०७९

कपिलवस्तु क्षेत्र नं. ३ को प्रदेश सभा (१) मा नेकपा एमालेका उम्मेदवार अर्जुन केसी विजयी भएका छन् । केसीले लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रविदत्त मिश्रालाई ९८ मतले हराएका हुन् । एमाले उम्मेदवार केसीले १० हजार ९२१ मत पाउँदा मिश्राले १० हजार ८२३ मत पाए । ०७४ मा पनि तत्कालीन बाम–गठबन्धनबाट केसीले चुनाव जित्दा मिश्रा पराजित भएका थिए ।

यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कृष्ण प्रसाद पौडेल ५ हजार १७३ मत पाएर तेस्रो भएका छन् । सत्ता–गठबन्धनका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार एहसान अहमद खाँले ३ हजार ६२९ मत पाउँदा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार जीवलाल पौडेलले २ हजार ६०८ मत प्राप्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप