बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्लेयर टू वाच : फेडेरिको भालभर्डे, उरुग्वे

बिहीबार, ०८ मङ्सिर २०७९, १४ : १३
बिहीबार, ०८ मङ्सिर २०७९

पोजिसन : मिडफिल्डर
उमेर : २४ वर्ष

उरुग्वेका युवा खेलाडी फेडेरिको भालभर्डेलाई पछिल्लो पुस्ताको सबैभन्दा भर्सटाइल मिडफिल्डर मानिन्छ । मात्र २४ वर्षको उमेरमा नै उनले स्पेनिस महारथी रियल मड्रिड र राष्ट्रिय टोलीमा आफूलाई स्थापित गर्न सफल भएका छन् ।

एउटै खेलमा विभिन्न पोजिसनमा खेल्न सक्ने क्षमता राख्ने भालभर्डे मैदानमा उत्तिकै मिहिनेत गर्ने खेलाडीका रुपमा पनि परिचित छन् । उनले कुनै पनि टोलीको आक्रमणमा नयाँ आयाम दिने गर्दछन् । पछिल्लो मड्रिड डर्बीमा उनले आफ्नो बक्स टू बक्स क्षमता प्रदर्शन गर्दै २–१ को जीत हासिल गर्ने क्रममा गोलसमेत गरेका थिए ।

उनी सबै प्रशिक्षकले रुचाउने खेलाडी बनेका छन् । हाल उनी रियल मड्रिडमा तेस्रो स्ट्राइकर, चौथो मिडफिल्डर पाँचौ डिफेन्डरको भूमिकामा एकै पटक देखिन्छन् । उनको खेललाई पढ्न सक्ने र गोल गर्ने क्षमताको पनि तारिफ हुने गरेको छ । त्यसैले त उनका प्रशिक्षक कार्लो एन्चेलोटीले भनेका थिए, ‘मैले उनलाई भनेको छु, यदी तिमीले यो सिजन १० भन्दा बढी गोल गरेनौँ भने म मेरो प्रशिक्षकको ब्याच नै च्यातेर फालिदिन्छु ।’

उरुग्वेको राष्ट्रिय टोलीका लागि ४४ खेल खेल्दै उनले ४ गोल गरिसकेका छन् । उनी आफ्नो टोलीलाई विश्वकपको उपाधि दिलाउने लक्ष्यसहित कतार पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप