शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इको फ्लोले सुविधाजनक पावर स्टेशनहरु अब नेपालमा ल्याउने तयारी

बिहीबार, ०८ मङ्सिर २०७९, १३ : ४८
बिहीबार, ०८ मङ्सिर २०७९

इको फ्लोले एक घण्टामा नै ८० प्रतिशतसम्म चार्ज भइसक्ने स्मार्ट इन्भर्टर नेपालमा भित्र्याउने तयारी गरेको छ । इको फ्लोले आफ्नो ज्ञान र अनुभवलाई प्रयोग गर्दै डिजाइनमा अब्बल, उद्योगकै पहिलो रचना र शक्तिशाली ऊर्जा भण्डारण उत्पादनहरू बनाएको कम्पनीका दाबी छ ।

इको फ्लो एक सुविधाजनक पावर र नवीकरणीय ऊर्जा उत्पादन गर्ने कम्पनी हो । यो कम्पनीले नेपालमा जनजीवनलाई उत्तम बनाउनका लागि सुविधाजनक पावर स्टेशनहरु उपलब्ध गराउन तयार रहेको जानकारी गराएको छ । कम्पनीको स्थापना सन् २०१७ मा ड्रोनका अग्रणी विकासकर्ताहरुको रुपमा उदाएका उद्यमीहरुबाट गरिएको थियो । यी विकासकर्ताहरुले ड्रोन ब्याट्रीलाई हलुका, धेरै टिक्ने र सबैभन्दा महत्वपूर्ण, अधिक शक्तिशाली बनाउनलाई काम गरेका थिए । 

‘अब इको फ्लोले आफ्नो ज्ञान र अनुभवलाई त्यस्तो उत्पादनहरू निर्माण गर्नमा खर्चिएका छन्, जुन डिजाइनमा अब्बल, उद्योगकै पहिलो रचना र शक्तिशाली ऊर्जा भण्डारण उत्पादनहरु हुनेछन् । इको फ्लोले मानिसहरुको पहुँच ऊर्जामा जहाँ पनि होस् भन्ने तरिकाबाट पुनः आविष्कार गर्ने प्रयत्न गरेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘विश्व अप्राकृतिक ज्ञान, विद्युतीकरण र नवीन ऊर्जातर्फ उन्मुख छ, ऊर्जाको ‘एक नयाँ विश्व’ यी परिवर्तनहरुको बीचमा भविष्यको पर्खाइमा छ,’ इको फ्लोका रिसर्च एण्ड डेभलपमेन्ट निर्देशक थोमस चानले भने ।

इको फ्लोको अर्थपूर्ण नवीन ऊर्जा समाधानहरूको डिजाइन नै व्यक्ति व्यक्ति, परिवार र समाजमा व्यापक रुपमा प्रभाव पार्ने गरी गरिएको कम्पनीको दाबी छ । इको फ्लोको डेल्टा र रिभर सिरिजका पावर जेनेरेटरहरुले कार्यस्थल र घरको वैकल्पिक ऊर्जा, साहसिक कार्यको लागि स्वच्छ, शान्त र नवीकरणीय ऊर्जाको औद्योगिक परिमाणका साथ उपभोक्तालाई सुसज्जित पार्नेछन् ।

‘इको फ्लोको स्वामित्व अधिकार रहेको एक्स–स्ट्रिम प्रविधियुक्त स्मार्ट इन्भर्टरले अत्यन्त छिटो रिचार्ज हुने क्षमता राख्छ, जुन १ घण्टाभन्दा कम समयमा ८० प्रतिशतसम्म चार्ज भैसक्नेछ भनें १.६ घण्टाको अवधिमा यो पूर्णतः चार्ज हुनेछ, तपाईंले एपमा क्वाइट चार्जिङको स्तर कायम गरेर शान्तमय चार्जको अवस्थामा बदल्न सक्नु हुन्छ,’ कम्पनीले भनेको छ ।

यसमा भएको एक्सबूस्ट प्रविधिको सहायताले इको फ्लो सुविधाजनक ऊर्जा स्टेशनहरुले सर्वाधिक धेरै ४५ सय वाटसम्मको ऊर्जा निष्कासन गर्न सक्दछन् । जसले सोही सरहको निष्कासनस्तर भएका अन्य उत्पादनहरुको दाँजोमा ज्यादा उपकरणहरू संचालन गर्ने क्षमता राख्छ । अहिले इको फ्लोले नेपालमा डिलरहरुको खोजी गरिरहेको पनि जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप