शैतानको पूजा गरेर प्रियंका चोपडाले करियरमा पाइन् सफलता ? नायिकाले दिइन् यस्तो जवाफ

भारतीय अभिनेत्री प्रियंका चोपडा यतिबेला एक ग्लोबल स्टारको रुपमा परिचित छिन् । यहाँसम्म पुग्नका लागि प्रियंकाले असाध्यै मेहनत गरेकी छिन् । उनले बलिउडमा आफ्नो करियरको सुरुवात विश्व सुन्दरीको ताज पहिरिएपछि गरेकी थिइन् । बलिउडमा प्रियंकाले थुप्रै प्रोजेक्ट गरेर नाम कमाएकी छिन् । अब नायिकाले एउटा पोडकास्टमा कुनै एक समयमा मानिसहरुले उनको करियर बर्बाद पार्ने कोसिससमेत गरेको खुलासा गरिन् । यसैकारण उनले फिल्मा काम पाउनसमेत छोडेको उनले बताइन् ।
जब प्रियंकाको करियर बर्बाद पार्ने कोसिस गरियो
बियर बाइसेपका रणबीरसँग कुराकानीका क्रममा प्रियंका चोपडाले भनिन्, ‘मेरो जीवनमा केही यस्ता मानिसहरु पनि आए जसले मेरो करियर बर्बाद पार्न चाहन्थे । मेरो काम खोस्न चाहन्थे । मैले कुनै पनि फिल्म नपाओस् भनेर अत्यधिक मेहनेत गरिरहेका थिए किनभने म जे गरिरहेको थिएँ निकै राम्रोसँग गरिरहेको थिएँ ।’
उनले यसबाट कसरी बाहिर निस्किएर अघि बढिन् भन्ने पनि जानकारी दिइन् । उनले भनिन्, ‘तर यस्ता कुराले मलाई रोक्न सकेन । म कतै बसेर प्रतीक्षा गर्ने र दुःख मान्ने खालको व्यक्ति होइन । एउटा मौका गुमेपछि सायद म एक रात रोएकी थिएँ होला तर यसबारे सोचेर कहिल्यै बसिनँ । तपाईंले अरुको हल्ला सुन्न छोड्नुपर्छ । ती मानिसहरुलाई विश्वास गर्नुहोस् जसले तपाईंलाई विश्वास गर्छन् । प्रकाश तिर अघि बढ, थोरै प्रेरणाको खोजी गर किनभाने जब मानिस तपाईंलाई दबाउने कोसिस गर्छन् यही कुरा पाउन सबैभन्दा मुश्किल हुन्छ ।’
अफवाहको पनि खण्डन गरिन्
प्रियंकाले भनिन्, ‘विश्वमा यस्ता कमै मानिस हुन्छन् जो साँच्चै अरुको सफलतामा खुसी हुन्छन् । यहि कुरा भारतका मानिसमा पनि लागू हुन्छ ।’ यही अन्तरवार्तामा उनले केही अफवाहलाई पनि खारेज गरिन् । उनले भनिन्, ‘म आफ्नो करियरमा सफल हुनका लागि कुनै शैतानको पूजा गर्दिनँ । यो खबर एकदम झुटो हो ।’
प्रियंका चोपडालाई छिट्टै नै अवेन्जर्सका निर्देशक रहेका रुसो ब्रदर्सको वेब सिरिज ‘सिटाडेल’ मा देखिनेछ । यो सिरिज अमेजन प्राइम भिडियोमा आउनेछ । यसबाहेक प्रियंका ‘लभ अगेन’ नामको फिल्ममा पनि काम गरिरहेकी छिन् । बलिउडमा उनको फिल्म ‘जी ले जरा’ बनिरहेको छ । यसमा उनलाई कट्रिना कैफ र आलिया भट्टसँगै देख्न पाइनेछ । फरहान अख्तरले यसको निर्देशन गरिरहेका छन् ।