शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आलिया र दीपिकालाई पछि पार्दै सामन्था बनिन् ‘मोस्ट पपुलर फिमेल स्टार’

बिहीबार, ०८ मङ्सिर २०७९, १३ : १९
बिहीबार, ०८ मङ्सिर २०७९

साउथ (दक्षिण भारतीय) अभिनेत्री सामन्था रुथ प्रभुले ‘मोस्ट पपुलर फिमेल स्टार’ को उपाधि हात पारेकी छन् । हालै ओरम्याक्स स्टार इन्डिया लभले जारी गरेको सबैभन्दा लोकप्रिय महिला स्टारको सूचीमा उनले शीर्ष स्थान ओगट्न सफल भएकी हुन् ।

सामन्थाले यो सूचीमा बलिउड अभिनेत्री आलिया भट्ट र दीपिका पादुकोणलाई समेतपछि पारेकी छन् । इन्डिया लभले जारी गरेको सूचीको दोस्रो स्थानमा आलिया भट्ट, तेस्रो स्थानमा नयनतारा, चौथोमा काजल अग्रवाल, पाँचौमा दीपिका पादुकोण, छैटौंमा रश्मिका मन्डन्ना, सातौमा कट्रीना कैफ, आठौंमा अनुष्का शेट्टी, नवौंमा कृति सुरेश र दशौंमा तृषा कृष्णन छन् ।

सामन्था पछिल्लो समय फिल्म ‘यशोदा’ मा देखिएकी थिइन् । उनले यो फिल्ममा निर्वाह गरेको भूमिका दर्शकले निकै रुचाएका थिए । यस बाहेक उनी पुष्पाको आइटम गीतमा पनि देखिएकी थिइन् । यो गीतबाट उनी रातारात चर्चित भइन् । दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप