बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

सोलुखुम्बुमा एमालेका मानवीर राई निर्वाचित

बिहीबार, ०८ मङ्सिर २०७९, १२ : ४५
बिहीबार, ०८ मङ्सिर २०७९

सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मानवीर राई निर्वाचित भएका छन् । राई सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार बनेका बलबहादुर केसीलाई हराउँदै निर्वाचित भएका हुन् । 

केसीलाई राईले २ हजार ७७९ मतान्तरले पराजित गरेका हुन् । राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप