५ वर्षपछि कन्सर्ट गर्दै एक्सिस
साङ्गीतिक व्याण्ड ‘एक्सिस’ ले ५ वर्षपछि काठमाडौंमा कन्सट गर्ने भएको छ । ‘एक्सिस लाइभ इन काठमाडौं’ नाम दिइएको कन्सर्ट पीभीइ नेटवर्कको व्यवस्थापनमा आगामी मंसिर १६ गते शुक्रबार अर्थात् डिसेम्बर २ मा क्लब फरेनहाइटमा आयोजना हुन लागेको हो ।
५ वर्षअघि एक्सिसले नेपालमा दर्शकको हाउसफूल उपस्थितिमा कन्सर्ट गरेको थियो । यो कन्सर्ट पछि एक्सिसले नेपाल बाहिर धेरै सफल कार्यक्रम गरेर दर्शकलाई मनोरञ्जन दिएपनि नेपालमा भने गरेको छैन । कन्सर्टमा एक्सिसको प्रस्तुति अघि झिल्के एण्ड द कम्पनीले दर्शकलाई झुमाउने पीभीइ नेटवर्कले जनाएको छ ।
एक्सिसको स्थापना सन् २००३ मा भएको हो । विश्व अनलाइन स्ट्रिम प्लेटफमको रेङ्किङ अनुसार नेपालभरीको बेण्ड क्याटेगोरीमा नेपथ्य, १९७४ एडी, अल्बट्रस र द एज भन्दा पहिलो स्थानमा एक्सिस रहेको छ । बार, क्लब र रेष्टुरेन्टमा गीत नगाउने यो व्याण्डले पहिलोपटक क्लबफरेनहाइटमा क्लोज इभेन्टमा प्रस्तुती दिँदैछ ।
व्याण्डले हालसम्म ‘ब्ल्याक एण्ड ह्वाइट(२००४)’, ‘माफ गरिदेउ(२००९)’, र ‘गाउँ घर (२०१७)’ गरी तीन एल्बम श्रोता तथा दर्शकमाझ ल्याइसकेको छ । यता सन् २०१९ मा स्थापना भएको इन्डी रक ब्याण्ड झिल्के एण्ड द कम्पनीलाई दर्शकले निकै मन पराएका छन् ।
यो ब्याण्ड पछिल्लो पटक युवा दर्शकको रोजाइमा परेको छ । यो व्याण्डका ‘पंक्षीहरु’, ‘मलाई केही आउँदैन’, ‘निलो सुटकेस’ र ‘झिल्के फायर’ गीत छन् । यो व्याण्डले गत जुनमा ‘जवानीको जोश’ नामको एल्बम बजारमा ल्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता