अप्रत्याशित ढङ्गले मकवानपुर–१ मा राप्रपाका दीपक सिंह जित नजिक
बिहीबार, ०८ मङ्सिर २०७९, १२ : ४०
मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक सिंह जित नजिक पुगेका छन् । मतगणना अवधि भर तेश्रो स्थानमा रहेर पछ्याइरहेका सिंहले अन्तिम समयमा आएर अग्रता हासिल गर्दै पहिलो स्थानमा पुगेका हुन् । मत गणनाको क्रममा अन्तिम समयमा हेटौंडा उपमहानगरपालिका क्षेत्रको मतपेटिका गणना थालेसँगै सिंहले कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्यय डिनालाई पछि पारेका हुन ।
हालसम्म कूल ८४ हजार ५ सय ६८ मतगणना हुँदा उनले २५ हजार ६५ मत पाएका छन् । कांग्रेसकी महालक्ष्मी उपाध्ययले २४ हजार ३३० मत पाएकी छिन् ।
एमालेका उम्मेदवार रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २३ हजार ७१४ मत पाएका छन् । उनले यसअघि नै हार स्वीकार गरिसकेका छन् । अब हेटौडा उपमहानगरपालिकाको वडा नम्बर १० को मतगणना बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?