१८ करोडमा बनेको ‘कान्तारा’ ले कमायो ४०० करोड

कन्नड भाषाको फिल्म ‘कान्तारा’ ले हरेक दिन नयाँ कीर्तिमान बनाइरहेको छ । यस्तैमा फिल्मले अर्काे नयाँ उपलब्धि थपेको छ । फिल्मले ४०० करोड कमाएर नयाँ कीर्तिमान कायम गरेको हो । ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको पछिल्लो कलेक्शन शेयर गर्दै यो जानकारी दिएका हुन् ।
कर्नाटकमा मात्रै फिल्मले १६८ करोड कमाएर केजिएफ २ लाई पछाडि पारेको छ । कम बजेट (१८ करोड) मा बनेको यो फिल्मको आम्दानी देखेर सबै छक्क छन् । फिल्मले चाडै रणवीर कपूरको ‘ब्रह्मास्त्र’ र कमल हासनको विक्रमको ब्यवसाय पार गर्ने अनुमान गरिएको छ ।
कान्तारा रिलिज भएको ५० दिन भन्दा बढी भइसक्यो । तर फिल्मको कमाइको रफ्तार एकनास छ । हिन्दी संस्करणमा मात्र फिल्मले ८२ करोड कलेक्सन गरेको छ, जुन हालै रिलिज भएका कैयौं फिल्म भन्दा माथि छ । तेलुगु संस्करणमा पनि फिल्मले ४२ करोडको व्यापार गरेको छ । ओभरसीजबाट मात्रै फिल्मको कलेक्सन ४४ करोडको हाराहारीमा छ ।
ऋषभ शेट्टी स्टारर फिल्म ३० सेप्टेम्बरमा हलमा रिलिज भएको थियो । रिलिजको सुरुवाती दिनमा फिल्मको कमाई निकै सुस्त भए पनि बिस्तारै गति लिएको थियो ।
दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी प्रेस संगठनले मौन प्रदर्शन गर्ने
-
विनाशकारी भूकम्पको संघारमा भारत
-
सुमनाले किन दिइन् रास्वपाको सह–महामन्त्री पदबाट राजीनामा ?
-
कोसेली छाला जुत्ता उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना
-
ललिता निवास प्रकरण : दुई पूर्वप्रधानमन्त्रीविरुद्धको मुद्दा पूर्ण इजलासमा
-
हुम्लाको श्रीनगरमा वर्षासहितको बाढी, १० भन्दा बढी पसल र घरमा क्षति