शंकर हारेपछि मेटमणिले भने–प्रतिगामीका मुख्य मतियारको हार
बिहीबार, ०८ मङ्सिर २०७९, ११ : २७

नेकपा एसका पोलिटब्यूरो सदस्य तथा सहरी विकास मन्त्री मेटमणि चौधरीले शंकर पोख्रेलको हारलाई प्रतिगामीका मुख्य मतियारको हार भएको प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जालमा मेटमणिले लेखेका छन्– ‘दाङको २ नं जितियो । प्रतिगामी र पश्चागामीका मुख्य मतियारको हार भयो । नेपालको राजनीति जहिले नि प्रगतिशीलहरूले जित्ने संस्कृति छ । बधाई छ, निष्कलंक ब्यक्ति रेखा शर्मालाई।’
मेटमणि चौधरी सत्ता गठबन्धनबाट दाङ–१ बाट उम्मेदवार छन् । उनले सुरुबाटै अग्रता लिएका छन् । उनलाई एमालेकी शान्ता चौधरीले पच्छ्याई रहेकी छिन् । मेटमणिले शंकर पोख्रेललाई दाङ–२ छाडी आफूसँग दाङ–१ मा चुनाव लड्न निम्ता दिँदै आफ्नो क्षेत्रमा चुनाव लड्न आए चुनाव खर्च आफूले सहयोग गर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा गोली चल्यो
-
मदन भण्डारीको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भयो : विद्या भण्डारी
-
पोखराको तालबाराहीमा सन्ध्याकालीन आरती (तस्बिरहरु)
-
मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै, गत वर्ष कतिले गरे भ्रमण ?
-
विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र हो : राष्ट्रपति पौडेल
-
‘म ‘फलानो चोर, देश छोड’को पक्षमा छैन’