जाजरकोटमा निरजले दिए शक्तिलाई दिए बधाई

जाजरकोटबाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका एमाले नेता निरज आचार्यले आफूलाई हराउँदै निर्वाचित भएका माओवादी केन्द्रका शक्ति बस्नेतलाई बधाई दिएका छन् ।
बस्नेत ३४ हजार १५१ मतसहित निर्वाचित बन्दा आचार्यले २५ हजार १२० मत ल्याएका थिए । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि प्रेस नोट जारी गर्दै आचार्यले गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शक्ति बहादुर बस्नेत, कर्णाली सभा सदस्यमा ’क’ र ’ख’ क्षेत्रबाट निर्वाचित क्रमशः बेदराज सिंह र राजीव विक्रम शाहलाई बधाई दिदै निर्वाचन प्रक्रियामा विजयी र पराजय स्वाभाविक कुरा भएको बताएका छन् ।
‘यद्यपी जाजरकोट जिल्लाको सन्दर्भमा आफू जसरी पनि विजयी हुनुपर्छ भन्ने हेतुले राज्य संयन्त्रको व्यापक दुरुपयोग, कतिपय निर्वाचन वुथमा मतदान अधिकृतको चरम लापर्वाही, अख्तियारीको दुरुपयोग, जनपद-सशस्त्र प्रहरीका कतिपय अधिकृतहरु हेडक्वाटरबाटै माओवादी कार्यकर्ताका रुपमा परिचालन गरिनु, धाँधली, डर, धम्की, लोभ, आतंक र सत्ता गठवन्धनको सेटिंगका कारण निर्वाचनको स्वच्छता, निश्पक्षता र तटस्थता कायम गर्ने सन्दर्भमा कतिपय प्रश्न उठेका छन्’, आचार्यले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा गोली चल्यो
-
मदन भण्डारीको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भयो : विद्या भण्डारी
-
पोखराको तालबाराहीमा सन्ध्याकालीन आरती (तस्बिरहरु)
-
मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै, गत वर्ष कतिले गरे भ्रमण ?
-
विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र हो : राष्ट्रपति पौडेल
-
‘म ‘फलानो चोर, देश छोड’को पक्षमा छैन’