बाँकेको कोहलपुरबाट अपहरित बालक १ महिनापछि अपहरणमुक्त
बाँकेको कोहलपुर नगरपालिका स्थित चौराहबाट एक महिनाअघि अपहरणमा परेका बालक अपहरण मुक्त भएका छन् । १ महिनापछि उनलाई सकुसल अपहरण मुक्त गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐन बहादुर मल्लले रातोपाटीलाई बताए ।
प्रहरीले आफूलाई पहिचान गरेको थाहा पाएपछि अपहरणकारीले बुधबार साँझ १३ वर्षीय बालकलाई नेपालगन्जमा ल्याएर छाडेका हुन् । रुकुम घर भएका युवाले १३ वर्षीय बालक कवित मगर (नाम परिवर्तन) कात्तिक १६ मा अपहरण गरेका थिए । कवित परिवारसँग बैजनाथ गाउँपालिका–१ मा बस्दै आएका थिए ।
बालकलाई फेसवुकबाट सम्पर्क गरेर अपहरणकारीले भारतको हरिद्वार हुँदै हिमाञ्चल प्रदेशको छत्रीमा लगेर राखेको अनुसन्धानबाट थाहा भएको डीएसपी मल्लले बताए । आरोपी पहिचान गरेपछि कोहलपुरबाट खटिएको प्रहरी रुकुम स्थित उनको घरमा पुगेको थियो । घरमा प्रहरी पुगेको थाहा पाएपछि उनले भारतबाट बालकलाई नेपालगन्ज ल्याएर छाडेका हुन् ।
०६९ मा पनि आरोपी बालकलाई अपहरण गरेर यौन दुरुपयोग गरेको आरोपमा पक्राउ परेका थिए । कोहलपुरबाट अपहरण गरेर बालकलाई भारतमा लगेर उनले यौन दुरुपयोग गरेको बालकले प्रहरीलाई बताएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
‘लुरी डन’ र नमुना भट्टराई नामको फेसबुक आइडीमार्फत आरोपीले १३ वर्षीय बालकलाई सम्पर्क गरेर अपहरण गरेको अनुसन्धानबाट थाहा भएको छ । आरोपी रुकुम पश्चिमको चौरजहारी नपा–१३ एकौली का स्थानीय हुन् । उनलाई पक्राउ गर्ने प्रयास भइरहेको डीएसपी मल्लले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेलरमा यस्तो देखियो अनमोलको ‘फर्की फर्की’
-
सुप्रिम सहकारी घोटाला प्रकरण : थुनछेक बहस सुरु हुँदै
-
सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेस, आजै शपथको तयारी
-
नवनियुक्त महालेखापरीक्षक रायाले लिए शपथ
-
बिहीबार पनि घट्यो नेप्से, २ अर्बको कारोबार
-
‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ नेतृत्वविहीन, अध्यक्ष दाहालसहित दुई सदस्य बाहिरिए