बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म निर्माता तथा निर्देशक रोज राणा प्यूठान ‘ख’ बाट विजयी

बिहीबार, ०८ मङ्सिर २०७९, ११ : १८
बिहीबार, ०८ मङ्सिर २०७९

काठमाडौँ । फिल्म निर्माता, कलाकार तथा निर्देशक रोज राणा (सरोज थापा) प्यूठान प्रदेशसभा ‘ख’ बाट विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका राणाले २२ हजार ५१८ मतका साथ विजय प्राप्त गरेका हुन् । 

उनका निकटतम् प्रतिद्वन्दी एमालेका हरि रिजालले १ हजार ७१२ मत कम अर्थात २० हजार ८०७ मत पाएका थिए । राणा प्यूठान क्षेत्र नं. २ का क्षेत्रीय सभापति पनि हुन् ।

प्रदेशसभामा लड्नका लागि रोजले नेपाल चलचित्र निर्माता संघको अध्यक्ष पद समेत माया मारेका थिए । उनी निर्माता संघका निवर्तमान महासचिव हुन् । पहिलो प्रयासमै प्रदेशसभामा विजयी हासिल गर्न सफल भएका उनलाई यसअघि कांग्रेस सत्तामा हुँदा केही पटक चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रयास पनि भएको थियो । तर, उनले बोर्ड जाने इच्छा देखाएनन् ।

‘दादागिरी’ बाट फिल्म निर्माणमा होमिएका राणाले ‘डन’, ‘खलनायक’, ‘टक्कर दुई मुटुको’, ‘म छु नि तिम्रो’ लगायतका आधा दर्जन बढी फिल्म बनाएका छन् । फिल्म अभिनय समेत गर्ने राणा ‘जय पशुराम’ बाट निर्देशनमा समेत हात हालेका थिए । उनको निर्माण निर्देशन रहेको पछिल्लो फिल्म ‘मेरो पैसा खोइ ?’ हो । उनी अहिले ‘खलनायक २ बनाउने तयारीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप