शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एन्फाद्वारा मुख्य प्रशिक्षकको दरखास्त आह्वान

बिहीबार, ०८ मङ्सिर २०७९, ११ : १४
बिहीबार, ०८ मङ्सिर २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । अब्दुल्लाह अल्मुताइरीले मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि एन्फा अहिले मुख्य प्रशिक्षकबिहिन छ ।

एन्फाले बिहीबार एक मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो । फिफाको प्रो लाइसेन्स प्राप्त प्रशिक्षकले नेपालका मुख्य प्रशिक्षकका लागि योग्य हुनेछन् । नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाई र पाकिस्तान विरुद्धको मैत्रीपूर्ण कार्यबाहेक  प्रशिक्षक प्रवेश कटुवालको नेतृत्वमा खेलेको थियो ।

यस्तै एन्फाले टेक्निकल डिरेक्टरका लागि समेत दरखास्त आह्वान गरेको छ । एन्फाले फाइनान्स डिरेक्टर, हेड अफ प्रोकुरेमेन्ट, जुनियर एकाउन्टेन्ट र सिभिल इन्जिनियरको पनि दरखास्त आह्वान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप