बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१ लाख राशीको  सनसिल्क दसैँ भाइब्सको विजेता घोषणा

बिहीबार, ०८ मङ्सिर २०७९, ११ : ०९
बिहीबार, ०८ मङ्सिर २०७९

सनसिल्क दसैँ भाइब्स–२ प्रतियोगीताको विजेताहरूको घोषणा भएको छ । यस प्रतियोगितामा  सुमित्रा मौराती, प्रिन्सिका श्रेष्ठ  र सनिषा भट्टराई विजेता घोषित भएका हुन् । प्रत्येक विजेताले १ लाख रूपैयाँको दरले नगद पुरस्कार प्राप्त गरेका छन् । साथै उनीहरूले ब्राण्ड एम्बेसडर प्रिन्सी र प्रिज्मासँगै १ वर्षको लागि सनसिल्क ग्याङ्ग अफ गल्र्स बनेर अर्को वर्ष सनसिल्कको प्याकहरूमा प्रदर्शित हुने अवसर पनि प्राप्त गरेका छन् ।

यस प्रतियोगिताहरूमा आफ्नो राम्रो हेयरस्टाइल र दसैँ भाइब्स प्रदर्शन गरि सहभागी हुन सक्ने थिए।  यी विजेताहरूको चयनको लागि नायिका वर्षा राउत, गायिका मेलिना राई र केश विज्ञ स्वस्तिका राजभण्डारी रहेको एक निर्णायक मण्डली बनाइएको थियो ।

सनसिल्क दसैँ भाइब्स–२ को अन्तिम चरणको कार्यक्रम २३ नोभेम्बर, २०२२ मा होटल र्‍याडिसनमा आयोजना गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप