समानुपातिकमा एमालेले पायो ५ लाख बढी मत, अन्य दलको कति ?
बिहीबार, ०८ मङ्सिर २०७९, १० : ५३

समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले ५ लाख मत पार गरेको छ । पछिल्लो मत परिणाम अनुसार एमालेको मत ५ लाख ९ हजार ९८६ मत ल्याएको हो ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ७१ हजार ३९८ मत ल्याएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको २ लाख ६१ हजार ५२० मत रहेको छ भने नेकपा माओवादी केन्द्रको २ लाख ३१ हजार ८८ मत रहेको छ ।
राष्ट्रिय पार्टी बन्ने दौडमा रहेको राप्रपाको १ लाख ३६ हजार ७२८ मत रहेको छ भने जसपा नेपालको ५७ हजार २७१ रहेको छ । नेपाल मजदुर किसान पार्टीले ४७ हजार ४५२ मत तथा नागरिक उन्मुक्ति पार्टीको ३३ हजार ६३८ मत रहेको छ ।
जनमुक्ति पार्टीको ३३ हजार १० मत रहँदा नेकपा (एकीकृत समाजवादी)को ३२ हजार ७७९ मत रहेको छ । अन्य दलले १ लाख ११ हजार ४५० मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी सिर्जनादेखि विदेशी मुद्रा आर्जन गर्दै नेपाली चिया
-
खुम्बु क्षेत्रमा भारी हिमपात
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, के गर्ला निर्णय ?
-
सन् २०२८ सिजनबाट आईपीएलमा खेल सङ्ख्या बढाएर ९४ पुर्याउने योजना
-
भर्ना अभियान प्रभावित हुँदा साढे पाँच लाख थान पुस्तक गोदाममै थन्किए
-
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा