शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूयोर्कमा सुर सुधासँग रमाए अमेरिकी नागरिक

बिहीबार, ०८ मङ्सिर २०७९, ०९ : ३४
बिहीबार, ०८ मङ्सिर २०७९

नेपालको लोकप्रिय सांगीतिक समूह सुर सुधाले आफ्नो सुमधुर संगीतमार्फत न्यूयोर्कवासीलाई मन्त्रमुग्ध पारेको छ । न्यूयोर्क उडसाइडस्थित धर्म हाउसमा १२ नोभेम्बर शनिबार आयोजित गाला डिनरसहितको सांगीतिक कार्यक्रममा सुर सुधाले प्रस्तुत गरेको मौलिक गीत संगीतमा नेपालीमात्र होइन्, अमेरिकी पनि रमाए ।

उक्त कार्यक्रममा सुर सुधाका संस्थापक सुरेन्द्र श्रेष्ठ (तबला), रमन महर्जन (बाँसुरी), सरस्वती खत्री (गायन) र विकास सुनार (गीतार) ले विभिन्न गीत संगीत प्रस्तुत गरेका थिए । आफ्नो प्रस्तुतिका क्रममा सुर सुधाका संस्थापक श्रेष्ठले आयोजकप्रति धन्यवाद दिँदै दर्शकको माया, ताली र प्रशंसा नै आफूहरूको सम्पत्ति रहेको बताए ।

उनले दर्शककै मायाका कारण विगत ३० वर्षदेखि संगीत सृजना गर्ने अवसर प्राप्त भएको पनि उल्लेख गरे । उक्त कार्यक्रम बुद्ध ट्याक्स एण्ड अकाउण्टिङ, नमस्ते ग्रुप, रेभल इभेन्ट्स इंक र नवराज केसीको संयुक्त आयोजनामा भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप