भक्तपुर–२ मा कांग्रेसको कम्ब्याक, तस्बिरमा हेर्नुहोस्
भक्तपुर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५० मत पाए भने निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २२ हजार २७३ मत पाए । नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ४१२, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२८ र राप्रपाका मोहन केसीले २४५६ मत पाएका छन् ।
जीतपछि भक्तपुरमा सबै पार्टीहरूलाई समेटेर यो ठाउँको विकासमा सहभागी हुने प्रतिबद्धता थापाले जनतासामु राखे । भक्तपुरमा सबै पार्टीहरूलाई समेटेर यो ठाउँको विकासमा सहभागी हुने उनको भनाइ थियो । अहिलेसम्म भक्तपुर–२ मा कांग्रेसले ३, नेमकिपाले २ र एमालेले १ पटक चुनाव जितेका छन् । यहाँबाट कांग्रेस २०४८, ०५१, ०५६ र ०७० मा विजयी भएको थियो भने २०५१ र २०६४ मा नेमकिपाले बाजी मारेको थियो ।
एमालेले वाम गठबन्धन बनाएपछि मात्र भक्तपुरमा चुनाव जितेको देखिन्छ । बस्नेत ०७० मा भक्तपुर–२ बाटै कांग्रेसका रामेश्वर ढुंगेलसँग पराजित भएका थिए । त्यतिबेला तेस्रो भएका बस्नेत ०७४ निर्वाचनमा वाम गठबन्धनबाट करिब दोब्बर मतले निर्वाचित भएका थिए । बस्नेतले ३६ हजार ४ सय १२ र कांग्रेसका दमननाथ ढुंगानाले १८ हजार ६ सय ८७ मत पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा