कञ्चनपुर ३ को (१) मा समाजवादीका रावलको चमत्कारी जित
बिहीबार, ०८ मङ्सिर २०७९, ०९ : २२
कञ्चनपुर – ३ को (१) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश रावलले कांग्रेस र एमालेको गठबन्धनलाई पराजित गरेका छन् । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रावलले एमाले–राप्रपाका धर्मराज जोशीलाई १८ सय ६० मतान्तरसहित पराजित गरेका हुन् ।
समाजवादीका रावलले ८ हजार ७१८ मत ल्याउँदा राप्रपाका जोशीले ६ हजार ८५८ मत प्राप्त गरे । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका टेकेन्द्रप्रसाद भट्ट ६ हजार १९५ मत ल्याएर तेस्रो भए ।
स्थानीय निर्वाचनको मत परिणामलाई हेरेर कांग्रेसले माओवादीलाई बोकेपनि समाजवादीका रावल एक्लै प्रतिस्पर्धामा उत्रिएका थिए । ०७४ मा तत्कालीन एमालेबाट चुनाव जितेका रावलले यस पटक समाजवादीबाट पनि चुनाव बाजी मारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?