आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कालिकोट (क) मा ‘फ्लोर क्रस’ गर्ने कुर्मराज पराजित, माओवादीका दुर्गले जिते

बिहीबार, ०८ मङ्सिर २०७९, ०८ : ४९
बिहीबार, ०८ मङ्सिर २०७९

कालिकोटबाट प्रदेश सभा (क) मा नेकपा एमालेबाट उम्मेदवार बनेका कुर्मचार शाही पराजित भएका छन् । उनलाई नेकपा (माओवादी केन्द्र) का दुर्गबहादुर रावतले १ हजार ५९ मतान्तरले पराजित गरेका हुन् । खसेको ३१ हजार मतमध्ये रावतको पक्षमा ९ हजार ११ आएर निर्वाचित भए भने एमालेका शाहीको पक्षमा ७ हजार ९५२ आएको छ ।

कुर्मराज निकै विवादित व्यक्ति हुन् । ०७४ मा सोही क्षेत्रमा एमालेबाट चुनाव लडेर ११ हजार ९३५ मतसहित विजय भएका उनी मन्त्री बन्नकै लागि ‘फ्लोर क्रस’ गरेका थिए । एमालेले उनको सांसद पद खोसिदिएपनि उनी ६ महिना भूमि, व्यवस्था तथा सहकारी मन्त्री बने ।

मन्त्री बनिरहै बेलामा उनीमाथी बलात्कारको आरोप समेत लाग्यो । एमाले विभाजनपछि समाजवादीमा लागेका उनी टिकेत वितरण हुनुभन्दा एक दिन अघिसम्म समाजवादीकै प्रचारमा व्यस्त थिए । तर सो क्षेत्र माओवादीको भागमा पर्ने भएपछि रातारात एमाले प्रवेश गरे । उनलाई एमालेले टिकेट दिएको थियो । यद्यपि उनी पराजित भए । विजयी रावत ०७४ मा प्रतिनिधि सभा चुनाव जितेरका व्यक्ति हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप