हुम्लामा माओवादीका लामाको अग्रता कायमै
बिहीबार, ०८ मङ्सिर २०७९, ०६ : ५३

हुम्लामा प्रतिनिधिसभा तर्फको मतगणना चलिरहेको छ । मतगणनाको पछिल्लो विवरणअनुसार माओवादी उम्मेदवार छिरङ दमदुल लामाले २ हजार ५६५ मत पाएका छन् ।
एमाले उम्मेदवार दल रावलले १ हजार ३९९ मतसहित दोस्रो स्थानमा छन् । राप्रपाका उम्मेदवार तेजबहादुर रावलले २० मत पाउँदा ७४ मत बदर भएको छ ।
हुम्लाको प्रदेश सभा १ मा पनि माओवादीले अग्रता कायम गरेको छ । माओवादी उम्मेदवार रणसिंह परियारले १ हजार ८२२ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीले ३९५ मत पाएका छन् ।
एमालेका दल फडेराले ३५० ल्याउँदा एकीकृत समाजवादीका हस्तबहादुर शाहीले ११० र राप्रपाका छापे ऐडीले २ मत ल्याएका छन् । प्रदेश सभा १ मा ६९ मत बदर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी