बंगलादेशविरुद्ध भारतको एकदिवसीय टोली घोषणा, जडेजाले स्थान पाएनन्

person explore access_timeमंसिर ८, २०७९ chat_bubble_outline0

बीसीसीआईले बंगलादेशविरुद्धको सिरिजका लागि भारतीय टोलीको घोषणा गरेको छ । रविन्द्र जडेजाले यो टोलीमा स्थान पाउन सकेनन् । समाचार एजेन्सी एएनआईको रिपोर्ट अनुसार रविन्द्र जडेजा अझै घुँडाको समस्याबाट निको हुन सकेका छैनन् । सेप्टेम्बरमा उनको घुँडाको शल्यक्रिया भएको थियो ।


रविन्द्र जडेजाको स्थानमा बंगालका अलराउन्डर शाहबाज अहमदले स्थान पाएका छन् । शाहबाज अहमद न्यूजिल्याण्डमा भएको तीन खेलको एकदिवसीय शृंखलामा भारतीय टोलीको हिस्सा थिए। उनले यसै वर्ष सेप्टेम्बरमा दक्षिण अफ्रिकाविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।



भारतीय टोलीमा परेका खेलाडीहरु– रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), शिखर धवन, विराट कोहली, रजत पाटीदार, श्रेयस अय्यर, राहुल त्रिपाठी, ऋषभ पन्त (विकेटकिपर), इशान किशन (विकेटकिपर) ), शहबाज अहमद, अक्षर पटेल, वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद सिराज, दीपक चाहर, कुलदीप सेन।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।