प्रतिनिधिसभा समानुपातिकमा कसको कति मत ?

प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा (एमाले) ले चार लाख मतभन्दा बढी मत ल्याएको छ । निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्याङ्कअनुसार एमालेले चार लाख ५२ हजार सात सय ३० मत प्राप्त गरेको छ ।
त्यसैगरी नेपाली कांग्रेसले चार लाख १६ हजार एकसय ८४ मत ल्याएको छ । अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी दुई लाख ३४ हजार सातसय ४७ मतसहित तेस्रो स्थानमा रहेको छ । नेकपा (माओवादी केन्द्र) ले एक लाख ९२ हजार सातसय ४२ मत ल्याएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख २३ हजार नौ सय ९ , जनता समाजवादी पार्टी, नेपालले ५७ हजार नौ सय १०, मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीले ४२ हजार चार सय ५७, जनमत पार्टीले २८ हजार तीन सय ४४, नेकपा (एकीकृत समाजवादी) ले २८ हजार तीन सय ७६ र नागरिक उन्मुक्ति पार्टीले २५ हजार छ सय १६ मत ल्याएको छ । विभिन्न साना दलहरूको जोड्दा ९८ हजार पाँच सय १९ मत आएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजार बढी मत ल्याउनुपर्ने छ । प्रदेश सभा सदस्य समानुपातिकतर्फ पनि एमाले नै अग्रस्थानमा देखिएको छ । चार प्रदेशमा एमाले, दुई प्रदेशमा कांग्रेस र एक प्रदेशमा माओवादी अगाडि देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा