प्रतिनिधिसभा समानुपातिकमा कसको कति मत ?
प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा (एमाले) ले चार लाख मतभन्दा बढी मत ल्याएको छ । निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्याङ्कअनुसार एमालेले चार लाख ५२ हजार सात सय ३० मत प्राप्त गरेको छ ।
त्यसैगरी नेपाली कांग्रेसले चार लाख १६ हजार एकसय ८४ मत ल्याएको छ । अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी दुई लाख ३४ हजार सातसय ४७ मतसहित तेस्रो स्थानमा रहेको छ । नेकपा (माओवादी केन्द्र) ले एक लाख ९२ हजार सातसय ४२ मत ल्याएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख २३ हजार नौ सय ९ , जनता समाजवादी पार्टी, नेपालले ५७ हजार नौ सय १०, मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीले ४२ हजार चार सय ५७, जनमत पार्टीले २८ हजार तीन सय ४४, नेकपा (एकीकृत समाजवादी) ले २८ हजार तीन सय ७६ र नागरिक उन्मुक्ति पार्टीले २५ हजार छ सय १६ मत ल्याएको छ । विभिन्न साना दलहरूको जोड्दा ९८ हजार पाँच सय १९ मत आएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजार बढी मत ल्याउनुपर्ने छ । प्रदेश सभा सदस्य समानुपातिकतर्फ पनि एमाले नै अग्रस्थानमा देखिएको छ । चार प्रदेशमा एमाले, दुई प्रदेशमा कांग्रेस र एक प्रदेशमा माओवादी अगाडि देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण