नेता पुनको यस्तो छ राजनीतिक जीवन
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका रुपमा दोस्रो पटक विजयी भएका छन् । यसअघि विसं २०७४ मा भएको निर्वाचनमा पनि उनी सोही जिल्लाबाट विजयी भएका थिए । संसदीय राजनीतिमा यो उनको तेस्रो विजयी यात्रा हो । विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनमा उनले ललितपुर क्षेत्र नं १ बाट विजयी भएका थिए ।
विसं २०७० को संविधानसभाको निर्वाचनमा भने उनी मोरङबाट पराजित भएका थिए । पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुन सत्तारुढ वाम लोकतान्त्रिक गठबन्धनकोतर्फबाट साझा उम्मेदवार हुन् । उनले कूल ४१ हजार सात सय १४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा९एमाले०का पूर्णबहादुर बुढामगरले १६ हजार चार सय ८५ मत प्राप्त गरे । विजयी भएका नेता पुनले २५ हजार दुई सय २९ मतको अग्रता कायम राखे ।
निर्वाचन आयोगका अनुसार सो जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लीला रावलले दुई हजार पाँच सय ५६, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले आठ सय तीन र नेपाल मजदुर किसान पार्टीका नातीभाई ह््योम्बाले एक सय ५२ मत प्राप्त गरेका छन् । संयोग कस्तो परेको छ भने निर्वाचित भएका पुन र उनका प्रतिस्पर्धी बुढामगर तत्कालीन समयमा एउटै पार्टीमा आबद्ध थिए । पुन तत्कालीन जनमुक्ति सेनाको डेपुटी कमाण्डरको भूमिकामा रहँदा बुढामगर भने उनी मातहतको कमाण्डरको रुपमा थिए । सर्वोच्च अदालतले तत्कालीन नेकपालाई नेकपा (एमाले) र माओवादी केन्द्रमा विभक्त गरिदिएपछि बुढामगर एमालेमा नै रहे । यसपटक पूर्वसहकर्मीबीचको प्रतिस्पर्धालाई राष्ट्रिय रुपमा नै महत्वका साथ हेरिएको थियो ।
सुरुआती चरणदेखि नै अग्रता कायम गर्दै माओवादी केन्द्रका उम्मेदवार पुनले अन्तिमसम्म नै त्यसलाई कायम राख्नुभएन, फराकिलो मतान्तरले विजयी भए । रोल्पामा कूल मतदाता सङ्ख्या एक लाख ४५ हजार चार सय ७१ रहेपनि यही मङ्सिर ४ गते भएको निर्वाचनमा ६१ हजार सात सय १० मत मात्रै खसेको थियो । कूल सदर मत ६१ हजार सात सय १० हुँदा बदर मत भने पाँच हजार तीन सय ११ रहेको छ । प्रदेशसभातर्फ (१) मा माओवादी केन्द्रकै जोखबहादुर महरा निर्वाचित भएका छन् भने ९२० मा माओवादी केन्द्र छाडेर स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र पुन निर्वाचित भएका छन् ।
निर्वाचित नेता पुनको जन्म रोल्पाको जंकोटमा विसं २०२८ जेठ १८ गते भएको हो । उनका बाबुको नाम इर्खराम पुन र आमाको नाम तिर्थमाली पुन हो । उनको जीवन सङ्गीनी ओनसरी घर्ती काठमाडौँ क्षेत्र नं २ बाट गठबन्धनको साझा उम्मेदवार भएपनि जीत निकाल्न सकिनन् । प्राथमिक शिक्षा रोल्पाको बालकल्याण माविबाट पूरा गरेका पूर्वऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री रहेका नेता पुनले २०४९ मा नेपाल ल ल क्याम्पसबाट बीएल गरेका छन् ।
पञ्चायकालमै अनेरास्ववियुमा आबद्ध हुँदै वाम आन्दोलनमा सक्रिय रहेका उनले विसं २०५२ देखि नै जनयुद्धमा सहभागी भए । उनले तत्कालीन माओवादीको तर्फबाट काठमाडौँ उपत्यकामा आन्दोलन परिचालन गर्ने मुख्य नेतृत्वमा थिए। अनन्तको नामले परिचित नेता पुनले राज्यबाट संविधानसभा पदक प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : ऋषिकेष पत्नी अन्जला अदालत उपस्थित भएकै दिन १० लाख बुझाएर रिहादेखि दुर्गा प्रसाईं समर्थकले उद्योगीलाई धम्काएको आरोपसम्म
-
कक्षा ९ देखि १० को पाठ्यक्रम समसामयिक बनाउन निर्देशन
-
भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका साथमा छौँ : माओवादी
-
जापान सागरको क्षेत्रमा भारी हिमपातको चेतावनी
-
खुम्बु क्षेत्रमा भूकम्पको परकम्प
-
ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ