प्रदेशसभा समानुपातिक मत : मधेश प्रदेशमा कांग्रेस र प्रदेश १ मा एमाले अगाडि

प्रदेशसभा सदस्य समानुपातिक सिटतर्फ मतगणना जारी रहेको छ । निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार प्रदेश नं।१ मा नेकपा९एमाले०ले ८७ हजार सात सय ४३ मत प्राप्त गरेको छ ।
त्यसैगरी नेपाली कांग्रेसले ७८ हजार तीन सय ५० मत ल्याएको छ । नेकपा ९माओवादी केन्द्र० ले ३४ हजार सात सय ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीले २८ हजार एक सय २४ र जनता समाजवादी पार्टीले १२ हजार तीन सय २२ मत प्राप्त गरेको छ ।
मधेश प्रदेशमा कांग्रेस अगाडि
मधेस प्रदेशमा भने नेपाली कांग्रेसले अहिलेसम्म सबैभन्दा बढी मत प्राप्त गरेको छ । कांग्रेसले २४ हजार पाँच सय ८६ मत ल्याएको छ । एमालेले २० हजार दुई सय ७८, जनमत पार्टीले १९ हजार एक सय ४७, जनता समाजवादी पार्टी, नेपालले १३ हजार आठ सय ३३ र ९माओवादी केन्द्रीले नौ हजार पाँच सय ५० मत पाएको छ ।
बागमती प्रदेशमा एमाले नै अगाडि देखिएको छ । उसले ६२ हजार सात सय ५७ मत ल्याएको छ । कांग्रेसले ६१ हजार पाँच सय ७३ मत ल्याएर एमालेलाई पछ्याइरहेको छ । राप्रपाले ३९ हजार ५६ र माओवादीले ३० हजार चार सय १६ मत पाएको छ । बागमती प्रदेश समानुपातिकमा नेपाल मजदुर किसान पार्टीले २७ हजार आठ सय ४२ मत प्राप्त गरेको आयोगले जनाएको छ ।
गण्डकी प्रदेशमा एमालेले ९१ हजार ३७१, कांग्रेसले ७३ हजार ८५०, ९माओवादी केन्द्र० ले ३३ हजार तीन सय ६९, राष्ट्रिय प्रजातन्त्र पार्टीले १७ हजार ६५ र नेकपा ९एकीकृत समाजवादी० ले छ हजार आठ सय २० मत ल्याएको छ ।
लुम्बिनी प्रदेशमा एमालेले एक लाख ८६ हजार ९३ मत पाएको छ भने कांग्रेसले ८९ हजार सात सय ९७, माओवादीले २९ हजार नौ सय ९६, राप्रपाले २५ हजार चार सय ९५ र नागरिक उन्मुक्ति पार्टीलले आठ हजार आठ सय ६९ मत पाएको छ ।
कर्णाली प्रदेशमा समानुपातिकमा भने अहिलेसम्म माओवादी पहिलो पार्टी बनेको छ । माओवादीले एक लाख ३० हजार ५६ मत पाएको छ । एमालेले पाँच हजार नौ सय १४ मत पाएको छ भने कांग्रेसले चार हजार दुई सय २५ मत ल्याएएको छ । त्यसैगरी ९एकीकृत समाजवादी० ले एक हजार एक सय १२ मत पाएको छ । राप्रपाले सात सय ८१ मत पाएको छ । सुदूरपश्चिम प्रदेश समानुपातिक मतबारे भने आयोगले अद्यावधिक गरेको छैन ।
–––
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीको उद्दण्डताले नजिकिए गणतन्त्रवादी दल, बुन्दै रणनीति
-
सांसद बोहराको शव भैरहवा ल्याइयो, भोलि पुनः काठमाडौँ लगेर अन्तिम श्रद्धाञ्जलि दिइने
-
जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका
-
राजावादी आन्दोलन र माओवादी दायित्व
-
स्वास्थ्यमन्त्री पौडेलले भने– समय बाँकी छँदै अधिकतम प्रगति देखिनेगरी काम गर्नुस्
-
सांसद बोहराको निधनमा सिद्धार्थनगरले शोक बिदा दिने