शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लम्जुङका दुबै प्रदेशसभामा कांग्रेसका गुरुङ र पौडेल विजयी

बिहीबार, ०८ मङ्सिर २०७९, ०२ : १४
बिहीबार, ०८ मङ्सिर २०७९

लम्जुङका दुबै प्रदेशसभामा नेपाली कांग्रेस विजयी भएको छ । प्रदेश (१) मा कांग्रेसका  जिल्ला सभापति टकराज गुरुङ निर्वाचित भएका छन् । गुरुङले १ हजार १६१ मतान्तरले नेकपा एमालेका जमिन्द्रमान घलेलाई हराएका हुन् । गुरुङले १८ हजार ५०४ र एमालेका घलेले १७ हजार ३४३ मत मात्र पाए ।

यस्तै प्रदेश सभा ‘२’ मा कांग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन् ।​ कांग्रेस लम्जुङका पूर्व जिल्ला सभापति पौडेल एमालेका कृष्णप्रसाद अधिकारीलाई ७ सय ५४ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । पौडेलले १९ हजार ५५७ मत पा उँदा अधिकारीले १८ हजार ८०४ मत पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप