आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बझाङमा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी

बिहीबार, ०८ मङ्सिर २०७९, ०० : ३९
बिहीबार, ०८ मङ्सिर २०७९

प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशी बझाङबाट विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार जोशीले एमालेका ऐन महरलाई ९९८ मतान्तरले पराजित गरेका ह्न ।

जोशीले २८ हजार १४३ मत ल्याउँदा महरले २७ हजार १४५ मत मात्र पाए । २०४८ मा बझाङ – १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका जोशी २०५१ प्रतिनिधिसभा सदस्य बनेका थिए । २०६४ सालमा भएको पहिलो संविधानसभा सदस्यमा पनि उनी निर्वाचित भएका थिए । २०३६ सालमा अनेरास्ववियु पाँचौ मार्फत संगठित । े

२०४७ नेकपा मालेको जिल्ला पार्टी सचिव भएका उनी २०४७ नेकपा एमाले जिल्ला पार्टी सचिव बने । २०५२ देखी अञ्चल समन्वय कमिटीमा सदस्य हुँदै २०५९ एमाले केन्द्रीय कमिटी वैकल्पीक सदस्य भए । २०६५ साल  एमाले केन्द्रीय सदस्य भएका जोशी अञ्चल समन्वय कमिटी इन्चार्ज पनि भएका थिए । 

२०७५ जेठ ३ नेकपाको केन्द्रीय सदस्य र सुदूरपश्चिम सहइन्चार्ज भएका उनी हाल नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप