सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाको समानुपातिकतर्फ राप्रपाले पनि कटायो एक लाख मत

बुधबार, ०७ मङ्सिर २०७९, २३ : ४८
बुधबार, ०७ मङ्सिर २०७९

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ राप्रपाले पनि एक लाख मत कटाएको छ । समानुपातिकतर्फ एक लाखभन्दा बढी मत ल्याउने राप्रपा पाँचौं दल हो ।

निर्वाचन आयोगका अनुसार हालसम्म भएको मत गणना अनुसार समानुपातिकतर्फ एमालेले सर्वाधिक मत प्राप्त गरेको छ । एमालेले अहिलेसम्म ३ लाख ८५ हजार ६२६ मतसहित पहिलो स्थान ओगटेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म ३ लाख ५५ हजार ७९९ मत प्राप्त गरेको छ । यस्तै, तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ३ हजार २१५ मत प्राप्त गरेको छ ।
चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १ लाख ९ हजार ११४ मत पाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप