मकवानपुर २ (१) मा माओवादीकी कुमारी मोक्तान निर्वाचित
प्रदेश सभातर्फ मकवानपुर २ (१) मा सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य कुमारी मोक्तान निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विष्णु ढकाललाई ३२२ मत अन्तरले पराजित गरेकी हुन् ।
मोक्तानले १९ हजार ८७३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णुप्रसाद ढकालले १९ हजार ५५१ मत प्राप्त गरे । मोक्तान बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री हुन् ।
यस्तो छ मोक्तानको राजनीतिक यात्रा
हेटौंडा–१३, पदमपोखरीस्थित ठुल्थलीमा जन्मिएकी उनी बुबा सानुकान्छा र आमा तीर्थमायाको ज्येष्ठ सन्तान हुन् । ४२ वर्षीय मोक्तानको तीन दिदीबहिनी र दुई भाइ छन् ।
१६ वर्षको उमेरमा जनयुद्धमा होमिएकी मोक्तान २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद सदस्य मनोनित भएकी थिइन् । उनी २०७४ सालमा पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनले माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको उपनेताको जिम्मेवारी पनि सम्हालेकी थिइन् ।
उनी २०६४ सालमा मकवानपुर ४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित भइन् । मोक्तान २०५६ सालमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्ष हुँदा हेटौंडाको बुद्ध चोकबाट पक्राउ परेकी थिइन् ।
एक वर्ष जेल जीवन बिताएकी उनी २०५८ सालमा तत्कालीन नेकपा माओवादीको जिल्ला जनसरकार प्रमुख, २०५९ सालमा जिल्ला सेक्रेटरी भएकी थिइन् । मोक्तान २०६४ सालमा मकवानपुर इन्चार्ज भएकी थिइन् ।
तत्कालीन नेकपा माओवादीले २०५२ सालमा जनयुद्ध सुरु गरे लगत्तै उनी विद्यालय शिक्षा छाडेर युद्धमा होमिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल