मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

म्याग्दीमा नेपाली कांग्रेसका गर्बुजा निर्वाचित

बुधबार, ०७ मङ्सिर २०७९, २३ : ०७
बुधबार, ०७ मङ्सिर २०७९

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत म्याग्दीमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा निर्वाचित भएका छन् । उनले २४ हजार २१ मत प्राप्त गरे ।

गर्बुजाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार १८९ मत प्राप्त गरे । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका हरिबहादुर खत्री क्षेत्रीले एक हजार ४२४ मत प्राप्त गरे ।

२०७४ को निर्वाचनमा म्याग्दीबाट नेकपा एमालेका भुपेन्द्रबहादुर थापा निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप