बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सोलुखुम्बु प्रदेशसभा- २ मा एमालेका राजभण्डारी निर्वाचित

बुधबार, ०७ मङ्सिर २०७९, २२ : ५५
बुधबार, ०७ मङ्सिर २०७९

एकमात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेशसभालाई २ मा एमालेका उम्मेदवार बुद्धिकुमार राजभण्डारी विजयी भएका छन् । उनले १० हजार एक सय २८ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का शिवबहादुर बस्नेतले छ हजार आठसय १५ मत प्राप्त गरेका छन् ।

एमालेका राजभण्डारीले उनका निकटतम् प्रतिद्वन्द्वी बस्नेतलाई तीन हजार तीन सय १३ मतले पछि पारेका हुन् । कूल १९ हजार नौ सय चार मत खसेको यस प्रदेशसभा एमालेका राजभण्डारी दोस्रो पटक निर्वाचित भएका हुन् । उनी यसअघि पनि यो क्षेत्रबाट निर्वाचित भएर १ नं प्रदेशको नेकपा (एमाले) को प्रमुख सचेतक बनेका थिए ।

सम्पन्न मतगणनामा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार महेश रानामगरले एक हजार ९०, राप्रपाका प्रेमहरि दाहालले तीन सय ४८, मङ्गोल नेशनल अर्गनाइजेसनका शान्तिमाया मगरले ८१ मत र नेमकिपाका कमलबहादुर मगरले ९० मत ल्याएका छन् । प्रदेशसभा १ तर्फ भने लोकतान्त्रिक–वाम गठबन्धनका गोम्बु शेर्पाले अग्रता लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप