शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

कैलाली ४ मा लेखराजलाई हराएर वीरबहादुर विजयी

बुधबार, ०७ मङ्सिर २०७९, २२ : ४३
बुधबार, ०७ मङ्सिर २०७९

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार वीरबहादुर बलायर विजयी भएका छन् । बलायर निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार लेखराज भट्टलाई ३ हजार ५८४ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

बलायरले २६ हजार १७१ मत प्राप्त गर्दा भट्टले २२ हजार ५८७ मत पाएका छन् । कांग्रेसका प्रदेश सभापति बलायरले एमाले सचिव तथा सुदूरपश्चिम ईन्चार्ज भट्टसँग पहिलो प्रतिस्पर्धामै जित हात पारेका हुन् । 

डोटीबाट तीन पटक चुनावमा लडिसकेका बलायर पहिलो पटक कैलाली – ४ मा भट्टसँग प्रतिस्पर्धामा उत्रिएका थिए । सत्ता गठबन्धनमा डोटी एकीकृत समाजवादीको भागमा परेपछि बलायरले कैलाली ४ रोजेका थिए । माओवादी छाडेर एमालेका भट्टलाई बलाएरले पराजित गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप