बैतडी प्रदेशसभा(२) मा कांग्रेस विजयी
बुधबार, ०७ मङ्सिर २०७९, २२ : ३८
बैतडीको प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शिवराज भट्ट विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमालेका लिलाधर भट्टलाई चार सय ३७ मतले पछि पार्दै विजयी भएका हुन् ।
मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार कांग्रेसका शिवराजले १७ हजार एक सय ५३ मत प्राप्त गर्दा एमालेका लिलाधरले १६ हजार सात सय १६ मत प्राप्त गरे ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणदत्त जोशीले एक हजार दुई सय एक र नागरिक उन्मुक्ति पार्टीका रेवती बोहराले एक सय ७० मत प्राप्त गरे । कुल ३७ हजार दुई सय ८० मत खसेकामा एक हजार आठ सय २० मत बदर भएको थियो । बैतडीमा प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या