शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मकवानपुर २ मा एमालेका महेश बर्तौला अग्रता बढाउँदै

बुधबार, ०७ मङ्सिर २०७९, २१ : ४६
बुधबार, ०७ मङ्सिर २०७९

मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौलाले आफ्नो अग्रतालाई बढाएका छन् । बर्तौला सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका विरोध खतिवडा २ हजार ७ मत अघि छन् । 

६० हजार ११४ मत गणना गर्दा उनले २३ हजार ५३२ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडाले २१ हजार ५२६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ८ हजार ६५७ मत पाएका छन् । 

मुख्य निर्वाचन कार्यालय मकवानपुरका अनुसार उक्त क्षेत्रमा ८६ हजार ६५२ जनाले मतदान गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप